शब्दचित्र
जन्म
जन्म मिति : २०२५ असार ३१
जन्म स्थान : सिन्धुकोट, सिन्धुपाल्चोक
परिवार : मध्यमवर्गीय
हालको ठेगाना : कामनपा–७, चावहिल, काठमाडौं
सम्पर्क फोन : घर ४४८२३२६, (मोवाइल) ९८५११००४५६
शिक्षा
- प्राथमिक एवम् निम्नमाध्यमिक शिक्षा पशुपति मित्र माध्यमिक विद्यालय, चावहिल, काठमाडौं
- पद्मोदय माध्यमिक विद्यालय, काठमाडौंबाट २०४१ सालमा एस.एल.सी.
- अर्थशास्त्र, गणित र अङ्ग्रेजी विषयमा त्रिभुवन विश्वविद्यालय, पाटन बहुमुखी क्याम्पसबाट २०४४ सालमा आइ.ए.
- अर्थशास्त्र र अङ्ग्रेजी विषयमा त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र बहुमुखी क्याम्पसबाट २०४७ सालमा बि.ए.
- ‘इन्टरनेसनल रिलेशन एन्ड डिप्लोम्याटीक प्राक्टीस’ विषयमा बेलायतको युनिभर्सिटी अफ लन्डनबाट २०५८ सालमा एम.ए.
- भारतको जवाहरलाल नेहरु विश्वविद्यालय, नयाँ दिल्लीबाट ‘स्कुल अफ इन्टरनेसनल स्टडिज’ अन्तर्गत ‘भारत–चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोण’ शीर्षकमा २०६९ सालमा विद्यावारिधि (पिएचडी)
राजनीतिक यात्रा
- पद्मोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दै गर्दा २०३७/०३८ देखि अनेरास्ववियुका विभिन्न गतिविधिहरुबाट त्यस सङ्गठनप्रति आकर्षित भएको
- २०३८ सालमा पद्मोदय माध्यमिक विद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष
- २०३९ सालमा अनेरास्ववियुको काठमाडौं नगर विद्यालय कमिटीको सदस्य
- २०४० सालमा अनेरास्ववियुको काठमाडौं नगर विद्यालय कमिटीको सचिव
- २०४० सालदेखि नेकपा (माले) सँग पार्टी सम्पर्क भई काठमाडौंको पूर्वी क्षेत्रमा भूमिगत काममा सहयोग
- २०४१ सालमा अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटी सदस्य
- २०४२ सालमा अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटी सदस्यको जिम्मेवारीका साथै अनेरास्ववियु काठमाडौं जिल्लाको पूर्वी इलाका अध्यक्षको जिम्मेवारी समेत सम्हालेको
- २०४३ सालमा अनेरास्ववियु काठमाडौं जिल्ला सहसचिव
- २०४४ सालमा अनेरास्ववियु काठमाडौं जिल्ला सम्मेलन आयोजक कमिटीको संयोजक
- २०४४ सालमा अनेरास्ववियुको नवौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य
- २०४६ सालमा अनेरास्ववियु केन्द्रीय कमिटीको सचिव
- २०४६ सालदेखि २०५० सालसम्म नेकपा (एमाले) को विद्यार्थी विशेष जिल्ला कमिटीको सदस्य
- २०४८-०४९ सालमा अनेरास्ववियुको विदेश विभाग प्रमुख
- २०४९ देखि २०५३ सालसम्म ‘एसियन स्टुडेन्ट एसोसिएसन’ (आसा) को सह–महासचिव
- २०५० देखि २०५३ सालसम्म नेकपा (एमाले) को पूर्वी तथा दक्षिण पूर्वी एशिया जिल्ला कमिटीको सचिव
- २०५३ देखि २०५७ सम्म नेकपा (एमाले) विदेश विभागको सचिव
- २०५४ देखि २०५७ सम्म नेकपा (एमाले) उपत्यका समन्वय कमिटीको सदस्य तथा सोही कमिटीको प्रचार विभाग प्रमुख
- २०६० देखि २०६२ सालसम्म पुनः नेकपा (एमाले) विदेश विभागको सचिव
- २०६४ सालदेखि हालसम्म नेकपा (एमाले) को विदेश विभागको सदस्य
- २०६९ सालदेखि हालसम्म नेकपा (एमाले) को राष्ट्रिय प्रतिनिधि परिषद सदस्य
गिरफ्तारी/मुद्दा/जेल
- विद्यार्थी कालमा पहिलो पटक २०४० सालमा गिरफ्तारीमा परेको
- त्यसपछि २०४० सालदेखि २०४६ सालका बीचमा बाह« पटकभन्दा बढी गिरफ्तारीमा परेको
- २०४२ सालमा ८ महिना जेल सजाय
- २०४४ सालमा ४ महिना जेल सजाय
- विद्यार्थी कालमै निरङ्कुश पञ्चायती शासकबाट २ वटा राजकाज मुद्दा लगाएको
- २०४६ सालको संयुक्त जनआन्दोलनमा उपत्यकामा विद्यार्थी आन्दोलनलाई अगाडि बढाउन नेतृत्वकारी भूमिका खेलेको
- २०६२-०६३ को जनआन्दोलनका पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि महत्वपूर्ण भूमिका खेलेको अन्तर्राष्ट्रिय सभा/सम्मेलन र गोष्ठीहरुमा सहभागिता
- २०४५ सालमा एसियामा प्रजातन्त्र र मानव अधिकार विषयमा ‘एसियन स्टुडेन्ट एसोसिएसन’ले थाइल्यान्डको बैंककमा आयोजना गरेको सम्मेलनमा सहभागी
- २०४६ मा लाओसमा आयोजित एसिया प्रशान्त युवा तथा विद्यार्थी सम्मेलनमा नेपाली विद्यार्थीको प्रतिनिधित्व गर्दै सहभागी
- २०४७ मा फिलिपिन्समा आयोजित अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा सहभागी
- २०४८ मा दिल्लीमा आयोजित ‘एसियन स्टुडेन्ट एसोसिएसन’ को सम्मेलनमा सहभागी
- २०४८ मा ब्राजिलमा आयोजित वातावरण र विकास विषयक सम्मेलनमा सहभागी
- २०४९ मा मलेसियामा आयोजित वातावरण र विकास विषयक कार्यशालामा सहभागी
- २०४९ मा अस्ट्रियामा सम्पन्न मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घ विश्व सम्मेलनमा सहभागी ।
- २०५० मा जापानमा सम्पन्न शान्ति र विकास सम्बन्धी युवा सम्मेलनमा सहभागी
- २०५० मा अमेरिकामा आयोजित वातावरण र विकास सम्बन्धी सम्मेलनमा सहभागी
- २०५० मा फिलिपिन्समा आयोजित पूर्वी टिमोरबारे एसिया प्रशान्त सम्मेलनमा सहभागी
- २०५१ मा एसिया र प्रशान्त क्षेत्रमा प्रजातन्त्रको सुदृढीकरणमा युवाहरुको भूमिका विषयमा अस्ट्रेलियामा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी
- २०५७ मा वामपन्थी र प्रजातान्त्रिक पार्टीहरुबारे अस्ट्रेलियामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी
- २०५८ मा लन्डनमा आयोजित बेलायती विदेश नीतिबारेको सेमिनारमा सहभागी
- २०५८ मा बेल्जियमा आयोजित युरोपेली युनियन र यसको भूमिका विषयक सेमिनारमा सहभागी
- २०६१ बैंककमा आयोजित नेपालमा ‘डेमोक्रेटिक सेटव्याक’ विषयक कार्यक्रममा सहभागी
- २०६३ मा श्रीलङ्कामा आयोजित गरिबी र शासन विषयक सम्मेलनमा सहभागी
- २०६५ मा पाकिस्तानमा आयोजित एसियाका राजनीतिक पार्टीहरुबारे अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी
- २०६६ मा चीनको कुनमिङमा सम्पन्न गरिबी निवारणमा चिनिया सहभागिता सम्बन्धी ‘आइक्याप’ इन्टरनेसनल सम्मेलनमा सहभागी
- यसरी नै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रहँदा उच्चस्तरीय भ्रमण दलमा संलग्न रही विभिन्न मुलुकको भ्रमण गरेको । जस अन्तर्गत २०६६ मा इजिप्टमा आयोजित असंलग्न राष्ट्रहरुको शिखर सम्मेलन,न्यु योर्कमा भएको संयुक्त राष्ट्र सङ्घ महासभा वैठक, डेनमार्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सम्मेलन, २०६७ मा भुटानमा सम्पन्न सार्क शिखर सम्मेलन, ब्रसेल्समा सम्पन्न युरोपेली युनियनको एलडिसी सम्मेलन, रुसमा सम्पन्न अन्तर्राष्ट्रिय बाघ सम्मेलन लगायत चीन, भारत र कम्बोडियाको भ्रमण गरेको । यस बाहेक पनि सुरक्षा, द्वन्द्व, अन्तर्राष्ट्रिय सम्बन्ध लगायत अन्य आर्थिक तथा सामाजिक विषयहरुमा आयोजित अन्तर्राष्ट्रिय सेमिनार, कार्यशाला, सम्मेलन र गोष्ठीहरुमा सहभागी रहेको । विभिन्न मुलुकको भ्रमणका क््रmममा विविध विषयमा ज्ञान र अनुभव हासिल गरेको ।
विशेष ज्ञान र अनुभव
- २०६५ सालदेखि नेपालको शान्ति प्रक्रियामा सक्रिय
- २०६५ सालदेखि हालसम्म नेपाल नीति अध्ययन प्रतिष्ठान (निप्स) को अध्यक्ष
- २०६६÷०६७ मा प्रधानमन्त्री माधवकुमार नेपालका परराष्ट्र सल्लाहकार
- २०५९÷०६२ मा ‘नीति अनुसन्धान तथा विकास प्रतिष्ठान’ (आइपिआरएडी) मा अनुसन्धाता
- २०५८-०५९ मा ‘नीत अनुसन्धान तथा विकास प्रतिष्ठान’ (आइपिआरडी) मा अनुसन्धान परामर्शदाता
- २०६१÷०६२ मा ‘फ्रेन्ड्स फर पिस’ (एफएफपी), काठमाडौंमा अनुसन्धान परामर्शदाता
- पुस्तक/स्तम्भ लेखन र सम्पादन
- सन् २००५ को फेब्रुवरीमा ‘जियोपोलिटिक्स अफ नेपाल एन्ड इन्टरनेसनल रेस्पोन्सेज टु कन्फ्लिक्ट ट्रान्सफोर्मेसन’ शीर्षक पुस्तक प्रकाशित
- वामपन्थी राजनीति, समसामयिक राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय विश्व सम्बन्ध र सुरक्षाका विषयमा दुई दशक अगाडिदेखि नेपाली र अङ्ग्रेजीमा लेखहरु लेखनमा संलग्न
- दि हिमालय टाइम्स, दि काठमाडौं पोस्ट, कान्तिपुर दैनिक लगायतका पत्रपत्रिकाहरुमा नियमित स्तम्भ लेखन अन्तर्गत विविध विषयका लेखहरु प्रकाशित
- सन् २००९ को अगस्टमा ‘चेन्जिङ सेक्युरिटी डाइनामिक्स इन नेपाल’ नामक पुस्तकको सम्पादन
- सन् २०१० को डिसेम्बरमा ‘इमर्जिङ सेक्युरिटी च्यालेन्जेज अफ नेपाल’ नामक पुस्तकको सम्पादन
- सन् २०१२ मा ‘ह्युम्यान सेक्युरिटी इन नेपाल ः कन्सेप्ट, इस्युज एन्ड च्यालेन्जेज’ शीर्षकको पुस्तक सम्पादन
प्रशिक्षण/अध्यापन
- विद्यार्थी कालमा देशको शैक्षिक अवस्था र विद्यार्थी आन्दोलनका बारेमा विभिन्न प्रशिक्षणहरुमा सहभागी
- पार्टी राजनीतिमा संलग्न रहेपछि देश तथा विदेशमा पार्टीका कार्यनीति र रणनीतिका बारेमा अनेकौं छलफल, बहस र प्रशिक्षणहरुमा सक्रियतापूर्वक सहभागी
- माक्र्सवादी–लेनिनवादी सिद्धान्तको सिर्जनात्मक प्रयोग सम्बन्धी बहसहरुमा सहभागी रहँदै आएको
- नेकपा (एमाले) को मार्ग दर्शक सिद्धान्तको रुपमा रहेको जनताको बहुदलीय जनवाद सम्बन्धी वैचारिक प्रशिक्षण तथा समकालीन सन्दर्भमा यसको सामाजिक–आर्थिक पक्षको व्याख्या–विश्लेषणमा अभिरुचि राख्दै आएको
- अन्तर्राष्ट्रिय सम्बन्ध, सुरक्षा र द्वन्द्वका बारेमा त्रिभुवन विश्वविद्यालय लगायत अन्य निकायमा विषय विशेषज्ञका रुपमा अध्यापन कार्यमा संलग्न रहँदै आएको ।