काठमाडौं क्षेत्र नं ४ को विकास मेरो पहिलो प्राथमिकता :डा.राजन भट्टराई

काठमाडौं क्षेत्र नं ४ को विकास मेरो पहिलो प्राथमिकता :डा.राजन भट्टराई

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ ले हिजो सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दैनेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति सदस्य एबम नेपाल- भारत प्रबुद्द समुहका सदस्य डा. राजन भट्टराईले स्थानीय तहको निर्वाचनका क्रममा जनप्रतिनिधि जनताको घरमा चुनाब प्रचारको क्रममा जनताका समस्याहरु समाधान गर्नका लागि सधै भरि तत्परताका साथ् रहने प्रतिबाद्द्ता गरेको स्मरण गराएका थिए।उनले काठमाडौं क्षेत्र नं ४ को विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै यसका लागि सधै लागिरहने प्रतिवादत्ता व्यक्त गरेका थिए ।

उनले १ बर्षको बिचमा के कस्तो रह्यो? निर्वाचन अगाडी भनेका कुराहरु र अहिले निर्वाचित भए पश्चातको एक बर्ष बिचको काम जनताले सोचे अनुसार बिकास उन्मुख भएको छ कि छैन? वडा सही दिशा पक्रेको छ कि छैन? भन्ने ख्यालमा राख्दै वडाले आफु सित भएको साधन स्रोतलाई अधिकतम उपयोग गरेर त्यो अनुसार काम योजना बनाएर अघि गएको छ कि छैन ?त्यसको लागि सचेत हुनुपर्ने बताए ।

उनले जनताको सहभागिता मुलक विकास भनेको हामि बस्ने वडा आफु बस्ने घर ,टोल,वडा ,नगर त्यसको बिकासको लागि भएको र जनताको चासो सहभागिता र जनताको उपस्थितिको माध्यम बाट र जनताको अनुमोदनको माध्यम बाट कार्यक्रमलाइ अगाडी बढाउन चाहेको बताए।

डा.भट्टराईले राज्य संचालनका निर्वाचित निकायहरुमा जनता प्रति उत्तरदायी बन्नुपर्ने र उनीहरुले जनताका समस्याहरु समाधान गर्नका लागि पहल गर्नुपर्छ भन्ने मान्यताका साथ् राज्य संचालनलाई अगाडी बढाएर लिएर जान चाहेको बताए।

उनले स्थानीय तहको निर्वाचनको क्रममा प्रदेशको निर्वाचनको क्रममा र संघिय संसदको निर्वाचनमा आउदा अहिले मात्र होइन तपाईहरु संग पटक पटक आउने छौ, छलफल गर्नेछौ र त्यो छलफलका माध्यमबाट तपाईहरुको टोलको, वडाको नगरको कामको देश बिकासका आयोजनाहरुलाई अगाडी बढाएर लिएर जाने भनेको स्मरण गर्दै त्यसैलाई कार्यन्वयन गर्ने आफ्नो प्रयास भएको बताए

उनले यतिबेला केन्द्रीय बजेट पनि आइसकेको बताउदै अब नगरपालिकाहरुले ,प्रदेश सभाले आ आफ्ना किसिमका बजेटहरु निर्माण गर्न गइरहेको बताए।

उनले ३ नं प्रदेश सभाले यस क्षेत्रको कार्यक्रमका लागि र केन्द्रीय बजेटमा र यो क्षेत्रलाई ध्यानमा राखेर केहि कार्यक्रम अगाडी सारेको बताए ।उनेल त्यस मध्ये प्रदेश सभाको बजेट बनाउने क्रममा रहको र सो असार १ गते आउदैछ भन्दै उनले त्यस भित्र पनि यस क्षेत्रका केहि कार्यक्रमहरु पर्न गइरहेको बताए ।

उनले खहरेदेखि रिंग रोड सम्मको व्यस्थापनका लागि केहि बजेट छुट्टयाउने कुरा जानकारी गराउदै वडा नं १३ चुनिखेलको खानेपानीका लागि केहि बजेट छुट्याउनको लागि अनुरोध गरिरहेको बताए भने कपन बहुमुखी क्याम्पसको भवन निर्माणका लागि केहि बजेट प्रदेश सभा बाट अनुरोध गरेको जानकारी गराएका थिए ।

डा.भट्टराईले मेलम्ची आइरहँदा पनि रिंगरोड भित्रका जनसंख्यालाई मात्र पहिलो प्राथमिकतामा राख्ने भनेर हिजोको कार्ययोजनाहरु भएको तर आफुहरुले त्यही क्षेत्र बाट त्यो पानि पाइपमा बगेर जाने हुनाले यस क्षेत्रले पहिला पाउनु पर्ने भनेर नया स्टमेट गराएको जानकारी दिएका थिए । उनले अहिले करिब २ अर्ब ५० करोडको लागतमा बुढानिलकण्ठ नगरपालिकाका १०, ११, १२ ,८ र ९ वडामा स्टमेट गरेर त्यस अनुसार पानीको पाइप बिछ्याउने कामका लागि केन्द्रीय बजेटमा रकमको व्यवस्था गरेको बताए ।

केन्द्रीय बजेटमा केन्द्रीय योजनाहरुमा पर्ने भएको हुनाले त्यस अनुसारको बजेटको व्यवस्थापन ४ नं क्षेत्रका लागि र यो क्षेत्रको अधिकतम जनसमुदायलाई सबै भन्दा बढी असर र अफ्ट्यारो परेको बाटो ,खानेपानीका ठुला आयोजनाहरुलाई केन्द्रमा राखेर अगाडी बढ्ने प्रतिवादत्ता पनि व्यक्त गरेका थिए ।

उनले स्थानीय निर्वाचन होस् वा प्रदेश र केन्द्रको निर्वाचनको क्रममा भनेको ३ वर्ष भित्र यो क्षेत्रका जन समुदायहरुलाई पानी सहितको धारा उपलब्ध गराउने छौ भन्ने प्रतिबद्धताका साथ् निर्वाचित भएका प्रतिनिधिहरुले ब्यक्त गरेका प्रतिबद्दताहरुलाई पुरा गराउन पार्टीको तर्फ बाट राजनीतिक दलका प्रतिनिधिका हिसाबले आफुहरुले खेल्ने भूमिका खेलिरहेको बताए।

सम्बन्धित खवर